डा. शाहीद्वारा सिंहदरबार पुनर्निर्माण अभियानमा पाँच लाख सहयोग



सुर्खेत ।  Anti-Corruption Network (ACN) द्वारा सञ्चालनमा आएको यो राष्ट्रिय अभियानलाई सम्मानजनक योगदान गर्दै Space 4K Televisionका अध्यक्ष तथा MR Holdings Company, Tokyoका संस्थापक डा. दिनेश शाही ले नेरु ५,००,००० (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन।

डा. शाहीले सहयोग हस्तान्तरण गर्दै भने, “Gen Z को जागरणले देखाएको परिवर्तनको चाहना नेपाललाई सुशासन र समृद्धितर्फ अघि बढाउने ऊर्जा हो। यो अभियानले राष्ट्रिय सम्पत्तिप्रतिको जिम्मेवारी र एकताको सन्देश फैलाएको छ, त्यसैले म यसलाई समर्थन गर्दछु।”

ACN का पदाधिकारीहरूले डा. शाहीको योगदानप्रति आभार व्यक्त गर्दै भनेका छन्, “उहाँजस्तो सफल र अन्तर्राष्ट्रिय स्तरका उद्यमी तथा मिडिया व्यवसायीको योगदानले आम नेपालीहरूमा अझै सहयोगको भावना जागृत गर्नेछ।”

अभियान अन्तर्गत नबिल बैंकमा खाता नम्बर ०३१०१०१७५०२४२१ मार्फत वा ACN को आधिकारिक वेबसाइट www.acn-nepal.com
मार्फत सहयोग गर्न सकिन्छ। संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा वेबसाइटमा प्रकाशित गरिने ACN ले जनाएको छ।

यो पहलले Gen Z आन्दोलनको भावना जोगाउँदै भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपालको निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार