
सुर्खेत । वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनि प्रदुषण गर्ने कार्य बढीरहेको भन्ने अत्याधिक जनगुनासो आएपछि चेकजाँचलाई कडाई गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
त्यस्तो गर्नेहरुका लागि छुट्टै चेकिङ टिम नै बनाएर परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्