
सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यता रहेको बताएका छन् ।
बुधबार सल्यानमा आयोजित सर्बदलिय बैठकमा सहभागी कँडेलले लामो समयको सघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता बताएका हुन् ।
‘गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौँ,’कँडेलले भने, ‘व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचाहरु पनि बिर्सनु हुँदैन।’
दलका नेता र जनप्रतिनिधि मध्ये कोही कसैले गलत गर्यो भन्दैमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाउन नहुने उनको भनाइ छ ।
व्यवस्थामाथि दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै कँडेलले व्यवस्थामाथि लान्छाना लगाउनु भन्दा आफना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरु भित्रिरहेको बताउदै उनले व्यक्ति खुसी बनाउनुभन्दा नीति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा कँडेलको जोड छ ।









प्रतिक्रिया दिनुहोस्