
सुर्खेत । कर्णाली प्रदेशमा ३३ दिनको अवधिमा १०२ वटा सवारी दुर्घटना भएका छन् ।
दसैं–तिहारको अवधि अर्थात् असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ती दुर्घटनाहरु भएका हुन् ।
दुर्घटनामा परी १९ जनाको मृत्यू भएको छ भने १८४ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार सबैभन्दा बढी सुर्खेतमा दुर्घटनाहरु भएका छन् ।
त्यसपछि दैलेख, सल्यान र जाजरकोटका दुर्घटना बढी भएका छन् ।
दुर्घटना भएका सवारीमध्ये ७२ वटा मोटरसाइकल, सानो जिप २३, माईक्रोबस १२ वटा रहेका छन् । चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरु बढ्ने गरेको उनले बताए ।
अर्कोतर्फ कर्णालीमा सडकको अवस्था पनि कमजोर रहेकाले दुर्घटनाहरु बढी हुने गरेका छन् ।
प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्