मानव तस्करीमा मुछिएका एमाले पुर्वमन्त्री प्रहरीको नियन्त्रणमा



मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर प्रहरीमा उपस्थित गराइँदैछ ।

जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन गरिएको शनिबार बताएका छन् ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार