खानदान र बाहुबालका आधारमा जनमत सृजना गर्ने दिन सकिए : मुख्यमन्त्री कँडेल



दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन्।

संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच साेमबार दैलेखमा आयोजित छलफल कार्यक्रममा कँडेलले नागरिकको अपेक्षा र आवश्यकताका क्षेत्र विस्तारसँगै चेतनाको स्तरमा वृद्धि भएको बताए ।

जसले गर्दा अब बाहुबाली र खानदानको आधारमा जनमत सृजना गर्ने जमाना सकिएकाे उनले बताए। जनप्रतिनिधिका कामबारे नागरिकले मसिनो ढंगले खबरदारी गरिरहेको पनि उनले बताए ।

‘हामीले सबै काम राम्रो गरिरहेका छौं भन्ने सबैलाई लागिरहेको छ तर नागरिकमा सन्तुष्टि देखिएको छैन,’उनले भने, ‘नागरिक सन्तुष्टि देखिने गरि हामीले काम सम्पन्न गर्नुपर्छ ।’

 

प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार