प्रदेश अधिवेशन चलिरहेकै बेला एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमाले प्रवेश



सुर्खेत । नेकपा (एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीको प्रदेश अधिवेशन चलिरहेका बेला दैलेख जिल्लाका प्रभावशाली नेता मानिएका शाही एमाले प्रवेश गरेका हुन् ।

मंगलबार कर्णालीका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले उनलाई पार्टी प्रवेश गराए ।

अध्यक्ष शाही यसअघि समाजवादीको जिल्ला अध्यक्ष समेत भइसकेका नेता हुन् । शाही ०७४ मा एमालेबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

साथै उनी समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका ‘एसम्यान’ समेत हुन् ।

प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार