
फाइल फाेटाे
सुर्खेत । देउती बज्यै मन्दिरका महिला पुजारी वीरेन्द्रनगर नगरपालिका–११, बस्ने अन्दाजी ५० वर्षीया सरस्वती राजी मृत भेटिएकी छन् ।
उनी मन्दिरकै मुल ढोकामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माका अनुसार प्रहरीले बिहान साढे ५ बजेतिर उक्त घटनाबारे जानकारी पाएको थियो ।
त्यहाँ उनी झुण्डिएको अवस्थामा रहस्यमय तरिकाले मृत भेटिएको छन् भने प्रहरीले अहिले घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको उनले बताए ।
देउती बज्यै नेपालमै प्रसिद्ध मन्दिरका रुपमा चिनिन्छ । यहाँको राजी समुदायसँग जोडिएको यो मन्दिरमा हरेक दिन बिहान ५ सय भन्दा धेरै भक्तजनहरुले पुजापाठ गर्ने गर्दछन् ।
प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्