
सुर्खेत । कर्णालीका ८ वटा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।
आइतबार भएको उम्मेदवारी दर्ता विवरण अनुसार दर्ता गराइएकामध्ये तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी राजनीतिक दलहरुबाट छन् ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कांग्रेसकाबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाका तर्फबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट दुर्गबहादुर मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत बहादुर हमालको उम्मेदवारी दर्ता भएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसकातर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछाने, राप्रपाबाट सुनिता पुन रावल, रास्वपाबाट पार्वती पुन, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको उम्मेदवारी दर्ता भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाहीले उम्मेदवारी दर्ता गराएका छन् भने दुई जना स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।
जाजरकोटको कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको हो ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट रेशम बहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादीकाबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । यहाँ एकीकृत समाजवादीबाट ज्याति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६ वटा दलहरुले उम्मेदवारी दिएका छन् ।एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन बहादुर शाही, माओवादीबाट नैशोभा शाही र नेपाली कांग्रेसबाट पैलबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।
रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि तीन दल र एक स्वतन्त्र गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादीबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी र स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
याे पनि..
कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?









प्रतिक्रिया दिनुहोस्