सल्यानः दुई छोरीको हत्या आरोपमा आमा पक्राउ



सल्यानमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् ।

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालकी अन्दाजी २७ वर्षीया पूर्णिमा राना मगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको हत्या गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी रमेश क्षेत्रीका अनुसार उनका श्रीमान कामको सिलसिलमा नुवाकोटमा छन् ।

बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन्।

उनले बयानमा भनेकी छन्, ‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो । त्यसपछि मैले रिसको आफुपनि मर्ने उद्देश्यसहित उनीहरुको हत्या गरेको हो ।’

घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीले बताए ।

यो पनि..

सल्यानमा दिदीबहिनी घरभित्रै मृत भेटिए

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार