जीवन शाहीको धम्कीले डराएका मन्त्रीः चार दिनमै गरिदिए हुम्लाको कार्यक्रमको टेण्डर



सुर्खेत । सोमबार सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई बर्खास्त नगरे सरकार छाड्ने धम्की दिएका थिए ।

प्रदेश सभाको बैठकमै उनले भनेका थिए, ‘भौतिक पुर्वाधारमन्त्रीको बारेमा के हुन्छ, मुख्यमन्त्री ज्यू ? केही दिनभित्र सह–लगानीका आयोजनाको सुचना ननिस्किए सरकारमा बसिने छैन ।’

उनले धम्की दिएको चार दिन अर्थात् शुक्रबार भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री बुढाले शाहीकाे गृह जिल्ला हुम्लाको खार्पु–सिमिकोट (मानसरोवर प्रवेशद्वार) नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमको टेण्डर आह्वान गरिदिएका छन् ।

याे पनि..

कांग्रेसको सरकार छाड्ने चेतावनी पश्चात आरोप–प्रत्यारोपमा कांग्रेस–एमाले

जीवनबहादुर शाहीले दिए सरकार छाड्ने चेतावनी

शुक्रबार प्रकाशित टेण्डर आह्वानको सूचना शाही स्वयंले फेसबुकमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘हुम्लाको समृद्घिसँग जोडिएको १ अर्ब बजेटको खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षीय आयोजनाको टेण्डर खुलेको छ । यो आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । विविध कारण गत वर्षको बजेट फ्रिज हुन गयो ।’

साथै उनले आयोजनाको तयारी चरणमा केही ढिला भइसकेको पनि बताए । पुर्व मुख्यमन्त्री समेत रहेका शाहीले संसदमै त्यसरी धम्की दिनुको एउटा कारण यही थियो ।

उनको जिल्लाको कार्यक्रमको टेण्डर आह्वान गरिदिएपछि अब भौतिकमन्त्री बुढाबारे के गर्छन् त्यो भने हेर्न बाँकी छ । ।

भौतिक मन्त्रीबारे शाहीले संसदमा के भनेका थिए ?
समपूरक योजनाको विषयमा बुझ्न मैले भौतिकमन्त्रीलाई ४/५ पटक फोन गरेँ । मेरो भाइ हो, धेरै माया गर्ने मान्छे हो । फोन उठाएन । उसले सोच्यो होला —जीवन शाही त गइसकेको मान्छे हो । कहाँ फर्केर आउँछ रु किन उठाउने सोच्यो होला रु मैले एउटै उद्देश्यले फोन गरेको थिएँ– केन्द्रको समपूरक योजनामा स्रोत सुनिश्चितता चाहिन्न, त्यो हामीले यहाँबाट डीपीआर बनाएर पठाएपछि केन्द्र सरकारले ‘ओके’ भनेर आयो भने हुन्छ ।
काम गर भन्नलाई फोन गरेको, उठाएन । अनि विजया मन्त्री ९जलस्रोत मन्त्री०लाई फोन गरेर बुझ्न भन्दा ‘दाइको फोन आएको थियो, उठाइनँ, उठाएपछि गाली गर्नुहुन्छ होला भन्ने सोचे रे १ म भूतप्रेत हो गाली गर्ने रु भाइ १ यो हैन, यस्तो हो भनौँला भनेर फोन गरेको हो ।
म आज भन्दैछु, यदि यो सरकार निरन्तर हुने हो भने भौतिकमन्त्रीको स्थिति के हुने हो रु सबैभन्दा ठुलो दलको नेताको फोन नउठाउने रु के गर्छ भन्ने रु त्यो मन्त्रीलाई ‘स्याक’ नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्रीज्यू रु गम्भीर कुरा छ यहाँ । म त्यसै बोल्ने मान्छे होइन, यो वर्ष बजेट फ्रिज गए जिम्मेवारी कसले लिने हो रु मुख्यमन्त्रीलाई भन्छु, भइरहेको छ भन्न पाइन्न । गत वर्ष १८ करोड फ्रिज गयो । केही दिनमै सूचना निस्किएन भने तपाईंहरू पवित्र गठबन्धन गर्नुहोला, हामी अपवित्र मान्छेहरू बाहिर बस्ने छौँ । धन्यवाद।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार