एमाले सुर्खेतका पार्टी बलियो बनाउने १४ निर्णय



सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्लामा पार्टीलाई बलियो बनाउनका लागि विभिन्न १४ वटा निर्णहरु गरेको छ ।

सोमबार बसेको चौथो पूर्ण बैठकले विगतको समीक्षा गर्दै पार्टीलाई सुदृढ बनाउने विभिन्न कार्य योजनाहरु तयार गरेको हो ।

एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले तीन महिने अभियान अन्तर्गत जिल्लाभर दुई हजार बढी नेता, कार्यकर्ताहरु परिचालन गरिने बताए ।

एमाले सुर्खेत जिल्ला प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार बैठकमा यसअघिको पार्टीको बस्तुस्थितिबारे बृहत् समीक्षा भएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेल, जिल्ला ईञ्चार्ज नवराज रावत लगायतका नेताहरु सहभागी थिए ।

पार्टीलाई बलियो बनाउने यस्ता छन् निर्णयहरूः
१. बैठकमा सहभागि जिल्ला कमिटी सदस्य, निर्वाचन समन्वय कमिटीका संयोजक, पालिका कमिटीका अध्यक्ष र विभागिय प्रमुखबाट आफ्नो कार्यक्षेत्रका गतिविधि तथा सांगठनिक अवस्थाको रिपोर्टिङ गरियो ।

२. पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानका लागि २०८१ माघ, फागुन र चैत्र महिनामा सञ्चालन हुने तीन महिने वडा केन्द्रित अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न देहायबमोजिम कमिटीका बैठकहरू सम्पन्न गर्ने निर्णय गरियो ।

क) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी १ को बैठक २०८१ फागनु १ गते गर्ने ।
ख) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी २ को बैठक २०८१ माघ १७ गते गर्ने ।
ग) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी २ ‘क’ को बैठक २०८१ माघ २१ र अन्य तीनवटा निर्वाचन क्षेत्र कमिटीको बैठक २०८१ फागुन १ गते गर्ने ।
घ) २०८१ माघ १६ देखि २४ गतेसम्म नौ वटै पालिका कमिटीको बैठक सम्पन्न गर्ने ।

३. अभियानकै क्रममा सम्बन्धित पालिका कमिटीमा रहेका जिल्ला कमिटी सदस्य, पालिका कमिटी तथा वडा कमिटीका पादाधिकारीहरू सहभागी हुनेगरी निम्नअनुसारको मितिमा दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ।
क) चौकुने गाउँपालिका फागुन १६ र १७ गते
ख) पञ्चपुरी नगरपालिका फागुन १८ र १९ गते
ग) बराहताल गाउँपालिका फागुन २० र २१ गते
घ) सिम्ता गाउँपालिका फागुन २५ र २६ गते
ङ) गुर्भाकोट नगरपालिका फागुन २७ र २८ गते
च) भेरीगंगा नगरपालिका फागुन २९ र चैत्र १ गते
छ) लेकवेशी नगरपालिका चैत्र २ र ३ गते
ज) चिङ्गाड गाउँपालिका चैत्र ४ र ५ गते
झ) वीरेन्द्रनगर नगरपालिका चैत्र ६ र ७ गते

४. पालिकास्तरमा २०८१ फागुन १० गतेभित्र जनसंगठन संयन्त्र गठन गर्ने ।

५. जिल्ला कमिटीले निर्देशन गरेअनुसार पालिकास्तरका विभागहरू फागुन १० गतेभित्र गठन गर्ने ।

६. जिल्लाका ९९ वटै वडा कमिटीका बैठक २०८१ फागुन १० गतेभित्र सम्पन्न गरिसक्ने ।

७. २०८२ का लागि पार्टी सदस्यता नवीकरण तथा विस्तार गरी कूल मतदाता संख्याको ६ प्रतिशत पुर्‍याउने ।

८. टोल तहसम्म पार्टी कमिटीका अधिवेशन सम्पन्न गरिसक्ने ।

९. कम्तिमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।

१०. जनसंगठनहरूको सदस्यता विस्तार व्यापकरूपमा गर्ने ।

११. पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमूनायोग्य कामलाई जनसमुदायको बीचमा प्रचारप्रसार गर्ने ।

१२. जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर–घरमा पुग्नेगरी कार्यक्रम तय गर्ने ।

१३. मिथ्या सूचना र भ्रमहरूको चीरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने ।

१४. विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाउने लगायतका विविध निर्णयहरू गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार