
सुर्खेत । सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा ट्रक चालक समेत रहेका दैलेखकको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा घाइने उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यू भएको हो ।
बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएका थिए ।
यस्तै दुर्घटनमा ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ बस्ने वर्ष ३९ की पूजा थापा, मुधवन नगरपालिका–२ बस्ने वर्ष ५० की शान्ती थापा, बर्दिया गुलरिया–४ बस्ने वर्ष ६० की हरि राम गुडिया, वीरेन्द्रनगर–११ बस्ने वर्ष ६८ का पुरी चन्द्र भट्टराई रहेका छन् । यस्तै दैलेख डुङगेश्वर गाउँपालिका–१ बस्ने वर्ष २० का गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ बस्ने वर्ष ४१ का थमन राना पनि घाइते भएका छन् ।
घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्