दैलेखका पालिकामा माओवादीको अधिवेशनः चामुण्डामा खड्का र ठाटीकाँधमा रावत



सुर्खेत । यतिबेला नेकपा (माओवादी केन्द्र) स्थानीय तहको अधिवेशनमा व्यस्त छ । सोही अनुसार दैलेखका स्थानीय तहहरुमा पालिका अधिवेशन धमाधम भइरहेका छन् ।

माओवादी केन्द्र दैलेखका अनुसार ठाटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा बिहीबार अधिवेशन सम्पन्न गरिएको छ ।

चामुण्डाविन्द्रासैनी नगर कमिटीको तेस्रो अधिवेशनबाट पूर्ण बहादुर खड्काको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा हर्क थापा, उपाध्यक्षमा कर्ण विक, सुरेश नेपाली, सचिवमा विनोद विक, सह–सचिवमा नवराज देवकोटा र कोषाध्यक्षमा लक्ष्मी सिंजाली चयन भएकी छन् ।

यस्तै माओवादी केन्द्र ठाटीकाँध गाउँपालिकाको दोस्रो अधिवेशनबाट उमेश रावत ‘निर्मल’ पुनः अध्यक्षमा दोहोरिएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।

उपाध्यक्षमा बलबहादुर कठायत, दिर्घ बहादुर रोकाय, रामलाल कठायत निर्वाचित भएका छन् । यस्तै सचिवमा दुर्गा प्रसाद देवकोटा, सह–सचिवमा शेरबहादुर विक र कोषाध्यक्षमा कुशुम कुमारी सिजापति चयन भएका छन् ।

यस्तै अन्य स्थानीय तहहरुमा पनि अधिवेशन भइरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार