वीरेन्द्रनगरमा सामाजिक जवाफदेहिता सम्बन्धी एक दिने तालिम सम्पन्न



सुर्खेत । वीरेन्द्रनगरमा सामाजिक जवाफदेहिता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

सामाजिक जवाफदेहिता स्कुल नामाकरण गरिएको उक्त तालिम एकाउन्टिविलिटी ल्याव र बास नेपालको साझेदारीमा संचालित युवा नेतृत्व र जवाफदेहिता परियोजना अन्तर्गत सम्पन्न भएको हो ।

युवाहरुलाई सामजिक जवाफदेहिता, उत्तरदायी, पारदर्शीताको अभ्यास गराउन, सर्वाजनिक अधिकारी तथा निकायहरुलाई जवाफदेही बनाउन पहल गर्ने उद्देश्यका साथ शनिबार उक्त तालिमको आयोजना गरिएको थियो ।

तालिमका प्रशिक्षक मन भण्डारीले जवाफदेहिता र समाजिक जवाफदेहिता, यसको आवश्यकता तथा व्यवहारिक अभ्यास, समाजिक जवाफदेहिताका संयन्त्रहरु, जवाफदेहिता प्रर्वद्धनमा युवाको भुमिका, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, सूचनाको हक, सूचना माग गर्ने तरिका र त्यसको व्यवहारिक अभ्यास, नागरिक प्रतिवेदन पत्र, बहिर्गमन अभिमत, सूचना पाटी, नागरिक बडापत्र, गुनासो तथा सुझाव पेटिका लगाएतका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

सहभागीहरुले सोही तालिममा वीरेन्द्रनगरका विभिन्न निकाय तथा कार्यालयहरुसँग सूचनामा मागको लागि निवेदन समेत तयार गरेका थिए ।

तालिमका सहभागीहरुले तालिम व्यवहार, प्रयोगात्मक रहेको र सूचना माग कसरी गर्नुपर्छ ? आफु कसरी जवाफदेहि हुनुपर्छ भन्ने बारेको महत्वपुर्ण सिकाई भएको बताएका छन् ।

२२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको सहजिकरण बास नेपालका सुर्खेत शाखाका अध्यक्ष अमर शाहीले गरेका थिए भने तालिमको उद्देश्यबारे बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार