
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सिंगो राज्य लागेर रविलाई लखेट्न खोजेको आरोप लगाएका छन् । मंगलवार वीरेन्द्रनगरमा पत्रकार सँगको कुराकानीमा कांग्रेस–एमालेको काम नै रास्वपा र यसका सभापतिलाई लखेट्ने बाहेक अरु केही नभएको बताएका हुन् ।
सत्ताधारी दलले अनावश्यक विवादमा पारेर पार्टी नै सक्काउन खोजेको उनको भनाइ छ ।
सचेतक परियारले दुई तिहाई सरकारले गरेको काममा आफुहरु असन्तुष्ट रहेको पनि बताए ।
‘दुई तिहाइको सरकार छ तर पनि काम गर्न नसकेर रनभुल्ल भएको छ ,’उनले भने, ‘सरकारले जनताको सेवा गर्न नाममा जनतालाई नै घाइते बनाएको छ ।’
सचेतक परियारले नेपालको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको बताए । तर मुख्य राजनीतिक दलहरु भने त्यतातर्फ ध्यान नदिई रास्वपालाई सक्नमा व्यस्त भएको आरोप उनको छ ।
उनले रवि लामिछानेको सांसद पद निलम्बन गर्नकै लागि सम्पति शुद्धिकरणको मुद्दा लगाएको पनि आरोप लगाए ।
‘रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ’ उनले भने, ‘रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको छ ।
यदि रास्वपा सिद्दिएमा कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्, त्यो सम्भव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा बनाउनमा नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’
पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उनले स्पष्ट पारे । साथै सचेतक परियारले अहिले सभापति लामिछानेसँग निरन्तर आफ्नो छलफल भइरहेको र अदातलमा मुद्दा चलिरहेका कारण कुनै पनि बिषयमा नबोल्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्