
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘गणतन्त्रपछि मात्रै कर्णालीका मान्छेले भात खान पाएको’ भन्ने अभिव्यक्ति विवादमा परेको छ ।
चैत्र २६ गते सुर्खेतमा आयोजित एमालेको जागरण सभामा ‘दशैँका बेलामा एक माना चामल पायो भने दशैँको टिका लगाउन पाइन्थ्यो भन्ने कर्णालीबासी आज चामलको भात खान सक्ने भएका छन्, के कारणले भन्दा जिल्ला–जिल्लामा बाटो पुगेको छ । त्यो के कारणले भन्दा गणतन्त्रका कारण हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
पोखरेलले कर्णालीलाई होच्याएर बोलेको, कर्णालीबासीको अपमान गरेको भन्दै यतिबेला सर्वत्र आलोचना भइरहेको छ । एउटा ठुलो पार्टीको महासचिव जस्तो नेताले अध्ययनविना नै बोलेको भन्दै सामाजिक सञ्जालमा पोखरेललाई गालीको वर्षा भइरहेको छ ।
यतिसम्मकी पोखरेललाई कर्णालीमा प्रतिबन्ध लगाउनुपर्ने समेत आवाज उठेको छ ।
याे पनि ….
एमाले महासचिवलाई कर्णालीका सामाजिक विकासमन्त्री भण्डारीले भने—कर्णाली नबुझिकन ज्या पनि भन्दिन्या
‘एमाले महासचिव शंकर पोखरेललाई कर्णालीमा प्रतिबन्ध लगाउनुपर्छ’









प्रतिक्रिया दिनुहोस्