भारत-पाकिस्तान युद्ध: जेईएम प्रमुख अजहरका १० आफन्त मारिएको दाबी



पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको सैन्य आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) का प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।

यसको जानकारी अजहर आफैँले दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । जेईएमको विज्ञप्तिको हवाला दिँदै समाचारमा अजहरका दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी मारिएको जनाइएको छ ।

त्यस्तै, आक्रमणबाट उनका चार जना नजिकका साथीको पनि ज्यान गएको छ । समाचारमा भनिएअनुसार मसूद अजहरका तीन सहयोगी र सहयोगीमध्ये एककी आमा मारिएका हुन् ।

पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको ज्यान गएको जनाइएको छ । अजहर मुम्बई आक्रमणमा संग्लग्न व्यक्ति हुन् ।

फेब्रुअरी २०१९ मा (जेईएम) ले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए । सोही वर्ष उनलाई विश्वव्यापी आतङ्कवादीको रूपमा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार