ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न



सुर्खेत ।ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आज सुर्खेतमा “बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम” सफलता साथ सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख दीपक पोखरेल र सुर्खेत शाखा प्रमुख रामबहादुर बटालाले बीमासम्बन्धी अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायतका विषयमा विस्तृत जानकारी दिएका थिए।

बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालाहरूसँग समन्वय र सहकार्य मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी प्रतिनिधिहरूले आफ्ना अनुभव, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रम अन्त्यमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार