
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा सिटी स्क्यान मेसिन बिग्रिएको दुई महिनाभन्दा पुगेको छ ।
गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिँदा बनाउनमा ढिलाइ भएको हो । दुई महिनादेखि सिटी स्क्यान नबन्दा बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् ।
प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा सिटी स्क्यान मेसिन कर्णाली केयर र देउती अस्पतालमा रहेका छन् ।
सरकारी अस्पतालमा सिटी क्यान गर्दा कम लागत लाग्ने भए पनि निजी अस्पतालमा सिटी स्क्यान गर्दा महँगो लागत तिर्नुपर्ने बाध्यता रहेको छ ।
अस्पतालको सिटी स्क्यान मेसिन बनाउनका लागि ठेकेदार कम्पनीले चीनबाट सामान मगाएको र आउने शुक्रबारबाट सञ्चालनमा आउने प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए ।
विदेशबाट सामान मगाउनु परेकाले केही ढिलाइ भएको उनले बताएका छन ।









प्रतिक्रिया दिनुहोस्