लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री?



नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार