प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह नाघ्यो, सजग रहन आग्रह



काठमाडौं । प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले खुङरी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

विभागका अनुसार बिहीबार राति १० बजे नदीको बहाबले सतर्कता तह पार गरेको हो ।

नदीको बहाब बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने भूभागमा भोलि बिहान ६ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार