
प्रतिकात्मक तस्वीर
के तपाईलाई गाडीमा यात्रा गर्दा वान्ता आउने समस्या छ ? वान्ता आउने समस्याको रोकथामका उपायहरू पनि छन् । यस्ता छन् उपायः
–यात्रा गर्नुअघि धेरै मसालेदार खाना नखाऔँ । बरु सीमित मात्रामा क्याफिन र अल्कोहलको उपभोग गर्न सकिन्छ ।
–यात्रा गर्नुअघि सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस् । सकेसम्म अघिल्लो सिटमा बसौँ ।
–टाउकोलाई यताउता घुमाइरहने काम नगर्नुहोस् ।
–सम्भव भएसम्म ताजा हावा आउने गरी झ्याल खोल्नुहोस् ।
–पढ्ने, फिल्म हेर्ने वा विद्युतीय उपकरण चलाउने काम बन्द गर्नुहोस् ।
–गीतसङ्गीत सुन्नेजस्ता क्रियाकलापबाट पनि आफूलाई परै राख्नुहोस् ।
–आँखा बन्द राख्नुहोस्, सकेसम्म निदाउने कोसिस गर्नुहोस् ।
–यात्राका दौरान प्रशस्त पानी पिउनुहोस् । (एजेन्सीको सहयोगमा) ।
प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्