
अभाव
सबैभन्दा ठूलो पाठशाला हो,
जसले जिन्दगीमा
धेरै विषयका कुराहरू सिकाएको छ ।
खोलो तरेर लौरो बिर्सने जमानामा
दृष्टीविहिनले आँखा खोलेपछि
आँखा देख्न थाल्यो भने
लौरोलाई फालिदिन्छ
सबैभन्दा पहिले
जसले सधैं साथ दिने गथ्र्यो ।
जति उचाईमा पुगेपनि आफ्नो औकात नभुल्ने
चराले मात्रै हो,
मानिसहरुले त जति धेरै माथि गयो
त्यति नै आफ्नो औकात देखाउने गरेका छन्
धर्ममा विश्वास गर्नेहरूको लागि
गितामा लेखेको छ
जसले साथ दियो त्यसलाई साथ देउ
जसले तिमीलाई त्याग दियो
त्यसलाई तिमी पनि त्याग देउ !
अब हजुरको मर्जी
मनभित्र कयौं पीडा लुकाएर
आँखाको आँसु आँखाकै डिलमै छुपाएर
दुनियाँको अगाडी बाँच्नु पर्ने बाध्यता छ
कलेटी परेको ओठमा हाँस्नु पर्ने
मर्नु पर्ने जानकारी हुँदाहुँदै
लोभ लाभको जिन्दगीमा बाँच्नु पर्ने बाध्यता छ !
समय दिन सिक्नुस,
जिन्दगीमा सम्बन्धहरूलाई
धन सम्पति हराएको फिर्ता आउला
बितेको समय अनि सम्बन्ध कहिल्यै फर्कदैन ।
एक पटक सम्झौ त, हजुर
दुई दिनको जिन्दगी आज होकी भोली!
भण्डारी कर्णालीका सामाजिक विकासमन्त्री हुन् ।









प्रतिक्रिया दिनुहोस्