
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरी सहयोगका कार्यक्रमहरु संचालन गर्न दातृसंस्थाहरुलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको भ्रमणमा रहेकी यूरोपेली यूनियनको नेपालस्थित राजदुत भेरोनिक लोरेन्जासँग शुक्रवार आफ्नै कार्यकक्षमा छलफल गर्दै कँडेलले संघीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशिल बनाउने गरी आफना कार्यक्रमहरु संचालन गर्न राजदुत लोरेन्जालाई आग्रह गरेका हुन् ।
तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरुले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको उनको भनाइ थियो ।
उनले भने, ‘तपाईहरु जस्तो संघीयताको पैरवी गर्ने अन्र्तराष्टिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरी सहकार्य बढाउने नीति बनाउनुहोस, हाम्रो पूर्ण सहयोग रहन्छ ।’
यूरोपियन यूनियनको कर्णालीका विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ । कँडेलले सहयोग गरेकोप्रति धन्यवाद दिँदै सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्ने गरी परीणामुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गरे ।
‘कर्णालीमा तपाईहरुले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ,’ कँडेलले भने, ‘चासो तपाईहरुले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्ने होस् ।’
यूरोपियन यूनियन अन्र्तगतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरु बनाउने गरेकोतर्फ ध्यानाकर्षण गराउदै उनले नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।
राजदुत लोरेन्जाले यूरोपेली यूनियनले सुझावहरुलाई यूरोपेली यूनियनले सकारात्मक लिएको बताइन् । साथै आफ्ना कार्यक्रमहरुलाई प्रदेश सरकारमार्फत अघि बढाउने पनि बताइन् ।









प्रतिक्रिया दिनुहोस्