
गरीब,मजदुरको हारमा आगो लगाइदिनु
यो सामन्तीको संसारमा आगो लगाइदिनु ।
गरीब,किसानको आवाज कहिले उठेन अब
जिम्मा मेरो सिंहदरबारमा आगो लगादिनु ।
गरिबको आवाज उठाएको भरमा मार्छ भने
बिन्ती यो पापी सरकारमा आगो लगाइदिनु ।
उज्यालोमा सधैं हामी जस्ता हेपिन्छन् चेपिन्छन्
मौका भएकै बेला अन्धकारमा आगो लगाइदिनु ।
देशलाई समृद्ध बनाउन स्वीकृति नदिने
ती लम्पसार सांसद झारमा आगो लगाइदिनु ।
बन्दुक नउठाउँदैमा कमजोर सोच्ने भूल गरे
कम सोच्नेहरुको मुहारमा आगो लगाइदिनु ।
म भुइँमान्छेले विरोध बाहेक अरु गर्न नसके
तिमी देशमा युद्धको जंघारमा आगो लगाइदिनु ।
गरीबलाई दमन गरेर ठूलो सोच्ने गर्छन्
यस्तै सोच्नेको अहंकारमा आगो लगाइदिनु ।
भावना सिंह- बाँके
प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्