खाजा खर्च कटाएर विद्यार्थीले गरे महायज्ञमा दान



सुर्खेत । मानवसेवा आश्रम कर्णाली प्रदेश स्तरीय भवन निर्माणार्थ आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा वीरेन्द्रनगर नगरपालिका -४ सुर्खेत स्थित एसओ एस हर्मन माइनर स्कुल र सुर्खेत बाल क्लबका विद्यार्थीहरूले दान गरेका छन् ।

उनीहरुले खाजाकाे रकम कटाैती गरेर महायज्ञमा दान गरेका हुन् । महायज्ञ मुल आयाेजक समितिका अनुसार उनीहरुले

१३ हजार ५ सय ६५ रुपैयाँ सहयोग गरेका हुन् । महायज्ञमा सोमवर पनि स्थानीय तहलगायतले आश्रम निर्माणका क्रममा सहयोग रकम घोषणा गर्ने कार्य जारी छ ।

महायज्ञको शुभारम्भसँगै, मानवता प्रवर्द्धनका कार्यक्रममा सोमवर वीरेन्द्रनगरस्थित रहेको विभिन्न स्कुलहरू साउथ एसियन स्कुल,माउन्ट एभरेस्ट उच्च माध्यमिक विद्यालय,सरस्वती मा.वि.उत्तर गङ्गा कर्णाली मा.वि.श्री प्रभात मा.वि.,विद्या ज्योति निकेतन,सेन्ट म्यारिज स्कुल,श्री हरि डिल भूमि मा.वि.,जनजागृति मा.वि., हार्भेष्ट मुन सेकेण्डरी स्कुलका लगायतबाट १ हजारभन्दा बढी विद्यार्थी र शिक्षकहरूको सहभागितामा मानवता प्रवर्द्धनका कार्यक्रम समेत सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार