एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि आउने



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले हाल कापी परीक्षणको काम भइरहेको बताए । कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।

 

कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको पौडेलले बताए ।

प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार