
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जिल्ला, प्रदेश र विश्वविद्यालयहरुको जिम्मेवारी विभाजन गरेको छ ।
जस अन्तर्गत संगठनको कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ ।
अधिकारी संगठनका केन्द्रीय उपमहासचिव समेत हुन् ।
यस्तै रुकुम पश्चिमको इन्चार्जको जिम्मेवारी रमेश लामिछानेलाई दिइएको छ भने सल्यानको जिम्मेवारी मनोज बुढाक्षेत्रीलाई दिइएको छ ।
यस्तै जाजरकोट राजन मगर, दैलेख ललित कठायत, कालिकोट अस्मित बम, मुगु दीपक बानियाँ, सुर्खेत कमल विसी, जुम्ला टेक रावल, हुम्ला छत्र शाही, डोल्पा दन्त बहादुर बुढा मगर र कर्णाली प्रदेशभित्र पर्ने मध्यपश्चिम विश्वविद्यालयको इन्चार्जको जिम्मेवारी दीपेन्द्रबहादुर शाहीलाई दिएको छ।
प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्