जनसंख्या र विकास



हजुर, हामी सबै विद्यार्थी हौ
सृष्टिको प्रकृतिको
देश दुनियाको
केही सिकौ पढ्औं, जानौं
असल–खराब छुट्याउन सक्ने बनौं
सबैलाई समान आँखाले हेर्न सिकौं
पहिले असल मान्छे खोजौं
अनि मात्र
त्रुहरू खोज्ने कुरा गरौं ।
गाउँबाट सहर झर्यो
सहरबाट राजधानी पुग्यो
राजधानीबाट विदेश पुग्यो
एकपछि अर्को गर्दै
परिवर्तन हुँदाहुँदै
असन्तुष्टी हुँदै गाउँबाट सहर
सहरबाट तेर्सो मुलुक पुग्दै
अझै ऊ खोज्दै छ अन्त जाने ठाउँ
गाउँमा विद्युत पुग्यो
सडक पुग्यो
पानीको धारो पुग्यो
विद्यालय भवन
अस्पतालको भवन बन्यो
डाक्टर र शिक्षक पुगेनन्
ठेक्का लागेको योजनामा
निर्माणको गति बढेन
गाउँमा समृद्धि आएन ।
सहर झरेको छोरा गाउँ फर्किएन
खोज्नुपर्ने थियो आफ्नोपन
गर्नुपर्ने थियो गाउँको विकास
हामीले खोजी रह्यौं सहर
मन डुलाईरयौ र सहर खोजौं खोज्दै रह्यौ ।
विद्यार्थी, युवा, वयस्क, व्यावसाय, नोकरी हुँदै गयौ
केही पढ्यो, केही सिक्यौ, अघि बढौ
साला पहाडमा के छ भन्दै
सहर झर्ने सपना बोकेर
सहरमा सुख छ भनेर पढायौं, पढ्यौ !
विद्यालय, विश्वविद्यालय खाली छन्
सबै क्रान्तिकारी भयौ
एकपछि अर्को आन्दोलन भए
विचार बदलिए , व्यावस्था बदलिए,
संविधान ,कानुन, नीति समेत बदलिए
एकपछि अर्को परिवर्तन भए
अझै हामी सहर खोज्दै छौँ ।
गाउँमा निर्माण बढेन समृद्धि आएन।
खोज्नुपर्ने थियो गाउँको समृद्धि
गर्नुपर्ने थियो थातथलोको विकास
रोक्नु पर्ने थियो बसाइसराई
सन्तुलन राख्नु पर्ने थियो
जनसंख्याको वितरण
अझै सकिएको छैन
छरिएर रहेको जनसंख्या
एकीकृत गर्न
पूर्ण रुपमा वालविवाह रोक्न
बेरोजगारीलाई स्वारोजगार बनाउन
गरिबी निवारणको उन्मूलन गर्न
खाद्यान्न उत्पादन बढाउन
न्यून–सरसफाई चेतनामा कसरी वृद्धि गर्ने
र कुपोषण मुक्त गाउँ कहिले कसरी बनाउने
कहिले सकिएला
लैङ्गिक ,जातिय विभेद
परम्परागत रुढीवादी सोच कसरी सकिन्छ ?
कसरी रोकिन्छ गाउँको
बाह्य मौसमी बसाइसराई
गाउँकै अस्पतालमा सुरु गर्ने
नसर्ने रोगहरूको बढ्द्दोपनको उपचार
पूर्वाधारहरूको विकास गर्दै
बढी मृत्युदर घटाएर
मानिसलाई समहाल्नु छ र
जन्मे हुर्केको ठाउँमै
गाउँमै मानिस लाई रोक्नु छ
यसैमा तल्लीन छ सरकार !

भण्डारी कर्णाली  प्रदेशका सामाजिक विकासमन्त्री हुन् ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार