
सुर्खेत । यसअघि केपी ओलीसँग सम्बन्ध समधुर नभएको भनिएका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री भएसँगै समधुर सम्बन्ध बनाउन लागिरहेका छन् ।
मुख्यमन्त्री बनेसँगै उनी निरन्तर काठमाडौँ गएर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने गरिरहेका छन् ।
मंगलबार पुनः कँडेल–ओलीबिच भेटघाट भएको तस्वीर कँडेलले आफ्नो फेसबुकमा शेयर गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा आफूले कर्णालीको विकास र समृद्धिको विषयमा छलफल गरेको कँडेलको भनाइ छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा आफूले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतीको विषयमा कुरा राखेको र त्यसमा प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पनि उनले जानकारी गराएका छन् ।
कँडेलको फेसबुक स्टाटस
सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (एमाले) का श्रद्वेय अध्यक्ष केपी शर्मा ओलीसँग कर्णालीको विकास र समृद्वि तथा प्रदेश सरकार संचालन लगायतका विषयमा आज बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ। छलफलमा सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्नेबारे सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिनु भएको छ। महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि सम्माननीय प्रधानमन्त्री ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।









प्रतिक्रिया दिनुहोस्