कर्णाली प्रदेश सभा बैठक आह्वान



सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्न सिफारिस गरेको हो ।

यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियामावली स्वीकृति गरेको छ भने आम संचार सम्बन्धी बिधेयकलाई सैदान्तिक सहमति प्रदान गरेको छ ।

साथै वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति गरिएको पनि एक मन्त्रीले बताए ।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार