सुर्खेतका सबै स्थानीय तहमा माओवादीको नयाँ पदाधिकारी चयन, बराहतालमा तेस्रो पटक पनि अध्यक्षमा कठायत



सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका सबै स्थानीय तहमा नयाँ पदाधिकारी चयन गरेको छ ।

जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा मदन पंगाली निर्वाचित भएका छन् ।

यस्तै चौकुने गाउँपालिका अध्यक्षमा गंगाराम विक, पञ्चपुरी नगरपालिकाको भुपेन्द्र सिंजापती मगर, बराहताल गाउँपालिकाको बलबहादुर कठायत निर्वाचित भएका छन् ।

यस्तै भेरीगंगा नगरपालिकाको अध्यक्षमा श्यामबहादुर परियार, चिङ्गाडको अध्यक्षमा नर सिंह जिसी, लेकवेशी नगरपालिकाका अध्यक्षमा खड्क बहादुर घर्ती निर्वाचित भएका छन् ।

यस्तै सिम्ता गाउँपालिका अध्यक्षमा कुइरा सिंह (अमरसिङ र गुर्भाकोट नगरपालिकाको अध्यक्षमा यज्ञ बहादुर विक निर्वाचित भएका छन्।

निर्वाचित भएकामध्ये बराहतालका अध्यक्ष बलबहादुर कठायत तीन पटक अध्यक्ष बनेका छन् भने चौकुनेका गंगाराम विक दोस्रो पटक अध्यक्ष भएका हुन् ।

माओवादीका सुर्खेत जिल्ला संयोजक जीतबहादुर रानाका अनुसार सबै पालिकामा सर्वसम्मत तरिकाले पदाधिकारी चयन गरिएको हो । पार्टीको केन्द्रिय कमिटी बैठक अगाडि नै सुर्खेतका पालिका अधिवेशनहरु सम्पन्न गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार