
बन्द आँखाले समान सबैको इज्जत हेर्छ
खुल्ला आँखाले समाजमा हैसियत हेर्छ ।
बग्ने खोलाले बगाउने पातपतिङ्गर हो
खहरे ढुङ्गा बगाएर आफ्नै तागत हेर्छ ।
रहस्यको पर्दा भित्र घटनाले रङ्ग फेर्यो
सबुद मेटेर प्रहरी रजस्वलाको रगत हेर्छ।
गीता साक्षी राखेर सन्तानलाई ज्ञान देऊ
बिग्रेको सन्तानले एकदिन महाभारत हेर्छ ।
चोकको शालिक के हेरेर बस्छ थाह छैन
सिंहदरवारको बाघ झ्यालबाट हुर्मत हेर्छ ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्