
सुर्खेत ।केही दिनअघि भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीलाई अपमान गरेको भन्दै सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थीले विरोध गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियनका सदस्य भरत शाही(टाईगर)को नेतृत्वमा वृहत हस्ताक्षर संकलन कार्यक्रम नै गरिएको छ ।आइतबार सुर्खेत बहुमुखी क्याम्पसको गेटमा सयौं विद्यार्थीहरु उपस्थित हुँदै नेपाली विद्यार्थीमाथि भएको ज्यादतीको विरुद्धमा हस्ताक्षर गर्दै विरोध जनाएका हुन् ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेता शाहीले होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनको व्यवस्था गर्नुपर्ने र आगामी दिनमा यस्ता घटनाहरु नघटाउन आग्रह गरे ।साथै संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्