स्ववियु चुनावः कर्णालीमा अखिल (क्रान्तिकारी) पहिलो हुँदा नेविसंघ तेस्रो



सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कर्णालीमा नेकपा (माओवादी निकट) अखिल (क्रान्तिकारी)ले पहिलो स्थान हासिल गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । त्यसमा २६ क्याम्पसमा निर्वाचन भएको थियो । यस्तै ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ ।
विद्यार्थी संगठनहरुको रेकर्ड अनुसार मंगलबार भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, नेकपा एमाले निकट अनेरास्ववियूले ८ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ६ वटा क्याम्पसमा जित हासिल गरेको छ ।
माओवादी निकट अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पस
१) सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम—प्रकाश डाँगी
२) राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिम—सुप्रिम ओली
३) सानोभेरी शिक्षा क्याम्पस रुकुम —बिरभान भण्डारी
४) सिम्रुतु शिक्षा क्याम्पस रुकुम—दिपेन्द्र ओली
५) सूर्योदय क्याम्पस श्रीनगर हुम्ला—रीमिलाल बुढा
६) बनगाड क्याम्पस सल्यान—जिवन बिष्ट
७) लिकु संयुक्त क्याम्पस डोल्पा—राजेन्द्र गिरी
८) सिंजा बहुमुखी क्याम्पस जुम्ला—सन्तोष आचार्य
९) स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम—टेकराज विश्कर्मा
१०) जनकल्याण क्याम्पस सल्यान—गणेश ओली
११) जनचेतना बहुमुखी क्याम्पस कालिकोट—बसराज बोहरा
१२) फारुल्ला बहुमुखी क्याम्पस सल्यान—हिमा शर्मा

एमाले निकट (अनेरास्ववियु)ले जितेका क्याम्पस
१) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत—रुद्र रावत
२) हिमशीखर क्याम्पस सुर्खेत—मिना रावत
३) शारदा क्याम्पस सल्यान—विश्व खड्का
४) अमर दीप क्याम्पस सुर्खेत—विशाल रावत
५) जुम्ला बहुमुखी क्याम्पस जुम्ला— लोकेन्द्र बुढा
६) सल्यान बहुमुखी क्याम्पस सल्यान—विशाल पुन मगर
७) हिमज्योति बहुमुखी क्याम्पस हुम्ला— जयराज सञ्ज्याल
८) डोल्पो क्याम्पस डोल्पा—गोकर्ण बुढाथोकी

कांग्रेस निकट (नेविसंघ)ले जितेका क्याम्पसहरु
१) गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत—मोहन बिष्ट
२) नलगाड बहुमुखी क्याम्पस सल्यान—विशाल विक्रम चनारा
३) मानसरोवर बहुमुखी क्याम्पस हुम्ला—सागर कुमार शाही
४) कपुरकोट बहुमुखी क्याम्पस सल्यान—दीपेन्द्र बुढा मगर
५) शिवजन क्याम्पस सल्यान—संजय हमाल
६) चतुर्वेद हिरा सुरन्द्र पुर्ण क्याम्पस मुगु—धनचन्द्र कार्की

 

प्रकाशित मिति : २०८१ चैत ५ गते बुधबार