रातोपाटीका कर्णाली प्रतिनिधि शाही लगायत पत्रकार सम्मानित



सुर्खेत। रातोपाटी डटकम अनलाइनका कर्णाली प्रदेशका ब्युरो प्रमुख पंखबहादुर शाही लगायतका पत्रकारहरु
‎सम्मानित भएका छन् ।

‎ वीरेन्द्रनगर नगरपालिकाले आफ्नो ४९ औँ स्थापना दिवसका अवसरमा सम्मान गरेको हो ।

‎सम्मानित हुनेमा यस्तै शाहीसँगै एपिवान टेलिभिजनका सुर्खेत संवाददाता सुशील खड्का र रेडियो भेरी एफएममा कार्यरत दीपा कोइराला रहेका छन्।

‎‘वीरेन्द्रनगर नगरपालिकाका विभिन्न गतिविधिहरुलाई पत्रकारिताको माध्यमबाट जनता सामु सु—सुचित गर्ने, पृष्ठपोषण दिने लगायतका प्रशंसनिय योगदान गरे वापत उच्च सम्मान गरिएको छ,’ सम्मान पत्रमा भनिएको छ ।

‎पत्रकारलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्र ग्रहण कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा पनि सहभागी थिए ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार