
१)
गोलाघाट जादा छिया जामु कुहिन्या तद्दा छिया
खालिगोडा हड्याका कुडा हाम्मा बाज्या अद्दा छिया ।
मान्छे पुग्या पछि मात्तै रैबार पुग्दो छियो
हन्डाहण्डै कोही हटारु बाटै मद्दा छिया ।
हुण्ना ताउली भकारी भरी अन्न पनि ट्न्न छियो
ताउलाको भात खादा छियानाउला पानी भद्दा छिया ।
आजबेली एक बित्ता जग्गा एक करोड भन्न लाग्यौ
तम्रा सहरमा उही बेला हाम्रा भेडा चद्दा छिया ।
बिरालाको चल्ला सराइ कैले मेरी कैले उइखि
कैले लेख कैले औल भैसा पनि सद्दा छिया ।
२)
जेलबाटी हत्यारा सजिलै छुट्टा मुटु पोल्लो छ
देउताकै कुडा हुन लाग्या झुट्टा मुटु पोल्लो छ ।
लोग्न्या मस्तै बाचुन भनि स्वास्नि बर्त बस्याका दिन
रक्सि खाई लोग्न्या, बैकेनी कुट्टा मुटु पोल्लो छ ।
बैरिबाटी जीउ जोगाउन दगुड्न खोज्याकी बेला
आफ्नै साथ्या काट्टा खुट्टा मुटु दुख्तो छ ।
धन देख्या भगवान पनि हेर्दैन रयाछन आखा
देशकै हेराला पनि देश लुट्टा मुटु पोल्लो छ ।
माटाका भाडा रयाछन् पार्टी, सुनका डल्ला सोच्याका छियौ
बयालो लाग्या पुडा फुटा मुटु पोल्लो छ ।









प्रतिक्रिया दिनुहोस्