
एक स्थिर मन
हजारौं मानिस
करोडौं व्यथा
अरबौं कथा
पोखिएको
कर्णाली !
सिंहदरबारको झ्यालमा
ठूलै पर्दा हुनुपर्छ
यी केही नदेखिनलाई
सरकार अन्धो
सांसद बहिरो
आहा, क्या छ
मेरो देशको राजनीति
कर्णालीको जडीबुटी
राज्यले देखेको छैन ?
कर्णाली बासिन्दाले
सिटामोल देख्दैनन्
किताब कापी देख्दैनन्
र रित्तो झोला तुईनमा
स्कुल जान बाध्य छन
र पढ्छन्
राजधानीमा केवकारमा मन्दिर जान पाईन्छ..
यो राज्यमा
यस्तो नीति छ
त्यो नीतिमा
कर्णाली लेखिएको छैन
कर्णालीको भवन छैन
अह ! छँदै छैन !
कर्णाली जन्मिने
कोख अर्कै भयो कि ?
भन सरकार ?
किन सौताको
व्यवहार देखाउँछस्
खास के दुस्मनी छ
तेरो कर्णालीसँग ?
भावना सिंह – बाँके
प्रकाशित मिति : २०८१ चैत ८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्