दैलेखमा हाईस दुर्घटना, एक जनाको मृत्यु



सुर्खेत। दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेका छन्।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल) सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार