कर्मचारीलाई खेलकुद परिषद्को सदस्यसचिव नियुक्तः निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेतद्वारा अन्तरिम आदेश



कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्त गरेको विषयमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ ।

जेठ १८ गते  बसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका उपसचिव (दशौं) जवाहरलाल हमाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय कानुन विपरीत रहेकाे भन्दै अधिवक्ता शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले जेठ २६ गते उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका थिए ।

आइतबार उक्त रिटमा अन्तरिम आदेश जारी गर्दै सदस्यसचिवमा नियुक्त गरिएका हमाललाई कामकारबाही गर्न रोक लगाएको छ ।

सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेसबिच सदस्यसचिवमा भागबन्डा नमिल्दा आर्थिक अधिकारसहित कामकारबाही गर्ने गरी हमाललाई नियुक्त गरिएको थियो ।

अदालतले जेठ १८ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न पनि आदेशमा भनिएको छ ।

यस्ताे छ अदालतकाे आदेश

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार