
सुर्खेत । सुर्खेतको हुड्केमा एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेका छन् । उनी वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए ।
जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अनुसार दुर्घटनामा ६ जना घाइते भएका उनले बताए ।
अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।
२९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्