
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय । फाईल तस्वीर
सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ ।
बुधबार एक सुचना जारी गर्दै नगर प्रहरी भर्ना गर्न लागिएको जानकारी दिइएको हो ।
सुचना अनुसार नगरपालिकाले २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको हो ।
सुचना अनुुसार एक जना प्रहरी निरीक्षक, १ नगर प्रहरी नायव निरीक्षक, दुई जना, नगर प्रहरी सहायक निरीक्षक, तीन जना नगर प्रहरी हवल्दार, दुई जना नगर प्रहरी जवान (हेभी सवारी चालक) र १८ जना नगर प्रहरी जवान समेटिने छ ।
नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, ०७९ अनुसार नगर प्रहरी भर्ना गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्