सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, दुईको अवस्था गम्भीर



सुर्खेत । सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ ।

रामघाटबाट पिकनिक खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किदै गरेको गाडी बुधबार बेलुका दुर्घटनामा परेको हो ।
सुर्खेत प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नं को फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको छ ।

गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । अन्य केही मध्यम खालको घाइत रहेका छन् भने धेरै सामान्य घाइते छन् ।
सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार