सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना अपडेटः १३ जना घाइते



सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् ।

उनीहरुलाई प्रहरीले उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको छ ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट निकै तल खसेको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार