चीनमा १०५ र ६० किलोमिटर अल्ट्रा ट्रेल जितेकी कर्णालीकी सुनमायाकाे कथा



सुर्खेत । कर्णालीकी अल्ट्रा धाविका सुनमाया बुढाले फेरि चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल भएकी छन् ।
सुनमायाले अक्टोबर १९ मा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी हुन् । ६० किलोमिटर दूरीको रेस सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ तारिखमा भएको साइगु १०० केमा जितिन्। सुनमायाले निर्धारित १ सय ५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेकी छिन् ।

सुनमायाको कथा

धाविका सुुनमायाले देश चिनाइरहेकी छन् । जुम्लाको विकट पातारासी गाउँपालिका–२, पेरे गाउँमा २०५५ साल असोज १५ गते जन्मिएकी हुन्, उनी ।

सानैदेखि खेलतर्फ रुची थियो, उनको । यद्यपि आर्थिक अभाव र परिवारको सहयोग थिएन । तरपनि ७ कक्षामा पढ्दै गर्दादेखी गेम खेल्न सुरु गरिन् ।

विद्यालय स्तरिय राष्ट्रपती रनिङ शिल्डबाट उनको खेल यात्रा सुरु भएको थियो । जुम्लाकै हरी रोकायाो प्ररेणाले उनी आज विश्व चर्चित धाविका बनेकी छन् ।

सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकि हुन् । उनले पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी भएको भनेको काठमाडौंको गोदावरीमा हो । जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन् ।

 

खेल खेल्न सुरुगर्दाको चार बर्षसम्म पनि परिवारबाट मलाई गेम नलेख्न आग्रह आइरहन्थ्यो रे । सानै भएपनि छोरीले सरकारी जागिर गर्नुपर्छ भन्ने उनका बुबाआमाको चाहना थियो रे । सामान्य परिवारमा जन्मिएकि सुनमायाका बाबुआमाले कक्षा १० को परीक्षा दिइसकेपछि गाउँ भन्दा बाहिर गएर पढाउन नसक्ने बताइसकेका थिए ।

बरु पढाईको साटो उनलाई बुबाआमाले विहे गर्ने सुझाव दिएको उनको भनाइ छ । उनी विहे गर्ने प्रस्ताव अस्वीकार गरेर सदरमुकाम खलङ्गा लागिन् ।

पढ्छु भनेर सदरमुकाम आएकी उनको ध्यान कलेज भन्दा खेलतिर केन्द्रीत हुन थाल्यो । जहाँ इच्छा हुन्छ, त्यहाँ संघर्ष भयो भने असफलता भन्नै हुँदैन । सुनमायाको हकमा पनि यही कुरा लागु भयो ।

८ वर्ष पहिले ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् । अथाव अल्ट्रा धाविका भएर कर्णालीको मात्र होइन सिङ्गो देश चिनाइरहेकि छन् ।

 

सुरुवाती दिनमा आफु नजिकका मान्छेले भन्ने गरेको स्मरण सुनाउँदै उनी भन्छिन्, ‘सुरुमा मलाई गेम नेखेल पैसा आउँदैन भन्थे सबैले तर, महिले खेलप्रतिको चाहनालाई त्याग गर्न सकिन । जसका कारण आज यहाँसम्म आइपुगेको छु ।’

सुनमायाले ०७८ मा थाईल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर किर्तिमानी कायम राखेकी थिइन् । ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकण्डमा पुरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मीरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।

सुनमायाको उक्त किर्तिमानीसँगै उनी विश्वभर छाइन् । पुरुष–महिला तर्फको समर्ग खेलमा तेस्रो स्थान हासिल गरेकी सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पुरा गरेकी थिइन् ।

जुम्लामा जन्मिएर भएपनि सुनमायाको उक्त किर्तिमानीले राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरमा चर्चा भयो । अहिले पनि निरन्तर आफ्नो खेल कर्ममा अग्रसर भइरहेकि छन् ।

 

जुम्ला जस्तो दुर्गम क्षेत्रबाट विदेशसम्मको यात्रा र त्यसमाथि प्रथम स्थान हासिल गुर्नु उनका लागि सहजा पक्कै थिएन ।

हिम्मत नहारिकन दौडलाई नै उनले आफ्नो ‘करिअर’ बनाइन् । त्यसअघि र त्यसपछि पनि उनले थुप्रै देशहरुमा सहभागी भई दौड गरेकि छन् ।

स्विजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगाएतका देशहरुमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्, उनले ।

थाईल्याण्ड पछि ०२२ फ्रान्समा भएको युटिएमबी सिसिसिमा भएको खेलमा दोस्रो स्थान हासिल गरिन भने ०२३ मा हङकङमा आयोजि नर्थ फेस हङकङ १०० रेसको खेलतर्फ उनले पहिलो स्थान हासिल गरिन् । सेकेण्ड रेसमा पनि उनी पहिलो भइन् ।

सुनमायाले विद्यालयस्तरदेखि अन्तराष्ट्रिय पुरस्कारहरु जितेकी छन् । उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छिन् । हङकङमा प्रसिद्ध धावक मीरा राईको नेतृत्वमा एक सय किलोमिटरको ‘अक्सफाम हङकङ’ ‘अल्ट्रा ट्रेल’ रनमा समेत सहभागीता जनाएकी छन्, उनले ।

 

खेल खेल्दै गर्दाको स्मरण सुनाउँदै उनी भन्छिन्,‘जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी मलाई जसरी पनि प्रतियोगिता जिनेर गाउँ, ठाउँ जिल्लामा मात्र होइन देशको नाम चिनाउनुपर्छ भन्ने उद्देश्य हुन्छ । थाइल्याण्डमा भएको खेलमा ११० किलोमिटरको दुरी बिहान ८ बजेदेखि राती ११ बज्नै लाग्दामा पुरा गरेकी थिएँ । जुन दौड नै जिन्दगीको एउटा ठुलो उपलब्धि बन्यो ।’

नेपाल भन्दा त्यहाँ खाना, हावापानीहरु फरक । बीचमा सहयोग गर्ने मान्छे थिए । उनले स्मरण सुनाइन्,‘ उनीहरुले सहयोग गर्थे । रेसको बीचमा १४ वटा चेक पोष्टहरु थिए, जहाँ पानी, खानेकुराहरु राखिएको हुन्थ्यो । एक मिनेटमा खानेकुराहरु खाएर सकाउनुपथ्र्यो र यात्रालाई जारी राख्नुपथ्र्यो ।

उकालो–ओरालो जंगल, खोलानालाहरु थिए । कतिखेर सानो–सानो बाटोहरु, खोलाहरु तर्नुपथ्र्यो,जुताहरु भिज्थे । गाह्रो त रातको समयमा गर्नुपरेको दौड हुन्थ्यो । जंगलभित्र ‘नेश्नलपार्क’ थियो । टर्च बालेर दौडनुपर्ने ।’

सुनमायालाई कहिल्यै लागेको थिएन, यसरी अन्तराष्ट्रिय स्तरमा नाम बन्ला भनेर । उनी भन्दा पहिला जुम्लाकै हरी रोकायाले पनि विश्व किर्तिमानी कायम गरेका थिए । जो सुनमायाका गुरु हुन् ।

 

गेम खेल्दा गाह्रो हुन्छ नै । जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन । यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ । जसले प्रतियोगितामा सहजता हुन्छ ।

‘अहिलेसम्मको यात्रामा भुल्न नसक्ने क्षणहरु कति छन् कति, गाउँबाट काठमाडौँसम्मको यात्रा नै हाम्रा लागि निकै ठुलो संघर्ष हो,’ उनी भन्छिन्, ‘खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो । तालिम गर्दा डाइट खान पाउँदैनथ्यौँ, पैसा हुँदैनथ्यो । राम्रो जुत्ता हुन्थेन । भएपनि साइज नमिल्ने । ठुल्ठुलो साइजको जुत्ता लगाएरपनि दौडनु परेको छ ।’

 

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार