
उपकुलपति गौतम र रजिष्ट्रार कँडेल ।
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा शोभाखर कँडेल नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले उनलाई शुक्रबार नियुक्त गरेको हो । उनी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।
लुम्बिनीको दाङ जिल्लाका कँडेल लामो समय सुर्खेत शिक्षा क्याम्पसमा प्राध्यापन गरेका थिए । त्यसपछि उनी त्रिभूवन विश्वविद्यालयको प्राध्यापक हुँदै शिक्षाशास्त्र शंकायको सहायक डिन समेत भइसकेका व्यक्ति हुन् ।
यसअघि विश्वविद्यालयको रजिष्ट्रार प्रा.डा नारायण प्रसाद पौडेल थिए ।
विश्वविद्यालय कर्णालीभित्रको भएपनि यो पटक उपकुलपति र रजिष्ट्रार दुबै प्रदेश बाहिरका बनेका छन् ।
यसअघि उपकुलपति बनेका प्रा.डा धुर्वकुमार गौतम पनि दाङकै हुन् । उनी एमाले निकट मानिन्छन् ।
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्