उपनिर्वाचनमा भाग लिँदै रविको पार्टी: पुर्व ठेकदार बने महावुको अध्यक्षको उम्मेदवार



सुर्खेत । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उपनिर्वाचनमा भाग लिने भएको छ ।

यसअघि प्रतिनिधि सभामा मात्रै भाग लिएको रास्वपाले मंसिर १६ मा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा भाग लिन लागेको हो ।

सोही अनुसार दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदको लागि हुने उपनिर्वाचनमा प्रकाश कुमार बुढालाई उम्मेदवार बनाइएको छ । रास्वपाको दैलेख जिल्ला कमिटीले उनलाई सर्वसम्मत तरिकाले उम्मेदवार बनाएको हो ।

दैलेख जेसिसका अध्यक्ष रहेका उनी पुर्व ठेकदार पनि हुन् । नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादीसम्म रहिसकेका उनी अहिले रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

उनकी आमा ०७४ स्थानीय तहको निर्वाचनका बेला एमालेबाट महाबु गाउँपालिकाको उपाध्यक्ष बनेकी थिइन् । पछि एमाले विभाजनपछि उनी समाजवादीमा लागेकी थिइन् । उनी व्यवसायी पनि हुन् ।

दैलेख सदरमुकाममा उनको कपडा पसल समेत छ । उनी युवाहरुमा निकै लोकप्रिय छन् । सामाजिक कार्यमा अग्रसर ३१ वर्षीय युवा बुढाले स्नातकसम्मको अध्ययन गरेका छन् भने रक्तदानका अभियान्ता समेत हुन् ।

यहाँ ०७९ वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएका लछुमन गुरुङको निधन भएपनि उपनिर्वाचन हुन लागेको हो ।

याे पनि..

माओवादीबाट महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा बराल

कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?

यहाँ नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी र नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल उम्मेदवार छन् । नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन ।

यस्तै रास्वपाले दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

याे पनि..

उपनिर्वाचनः हुम्लाको सर्केगाडको उपाध्यक्षमा कांग्रेसबाट बुढा उम्मेदवार

स्थानीय तह उपनिर्वाचनः कर्णालीका तीन जिल्लामा कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो

दुल्लू–१३ मा तीन शाहीबिच त्रिपक्षीय भीडन्त

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार