माओवादीबाट महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा बराल



अध्यक्ष पदमा उम्मेदवार बराल

दैलेख । मंसिर १६ गते हुने महावु गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगाएको छ ।

उम्मेदवारमा जंग बहादुर बराल ‘त्रिलोचन’ उम्मेदवार बनेका छन् । सोमबार एक कार्यक्रम गरेर माओवादीले बराललाई उम्मेदवार घोषणा गरेको हो ।

उनी पार्टीको प्रदेश कमिटी सदस्य हुन् ।

बराल पार्टीमा शालिन, बौद्धिक नेताको छवि बनाएका नेतामा पर्छन् ।। वैचारिक दृष्टिकोणमा स्पष्ट व्यक्ता उनी कानुन शंकायमा बिएल पास हुन् ।

जनतामा लोकप्रिय रहेका उनी जनयुद्ध कालमै अधिवक्ताका रुपमा चिनिन्थे ।

यहाँ ०७९ वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएका लछुमन गुरुङको निधन भएपनि उपनिर्वाचन हुन लागेको हो ।

गत २०७९ सालको निर्वाचनमा यो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए ।

याे पनि..

दुल्लू–१३ मा तीन शाहीबिच त्रिपक्षीय भीडन्त

उनका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए । यहाँ त्यो बेला माओवादीले उम्मेदवारी दिएको थिएन ।

यहाँ कांग्रेसले झलक भण्डारीलाई उम्मेदवारी बनाइसकेको छ भने एमालेले उम्मेदवार टुङ्ग्याएको छैन ।

 

याे पनि..

कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?

स्थानीय तह उपनिर्वाचनः कर्णालीका तीन जिल्लामा कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार