कर्णालीमा बढ्दो सवारी दुर्घटनाः यसरी गर्न सकिन्छ न्यूनीकरण



कर्णालीमा पछिल्लो समय दिनदिनै सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनामा परी मान्छेले अकालमै ज्यान गुमाइरहेका छन् भने कैयौँ घाइते छन् ।

आइतबारमात्रै कालिकोटको पलाँता गाउँपालिका– ३ राडुमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यू भयो । १२ जना घाइते छन् । जम्मा ५ जनाको सिट क्षमता रहेको उक्त गाडीमा १९ जना सवार थिए । ‘ओभरलोड’का कारण नै उक्त जीप दुर्घटना भएको बुझिएको छ ।

याे पनि..

कालिकोट जीप दुर्घटनाको पुर्ण विवरणः ६ को मृत्यू, घाइते १३ को अवस्था पनि गम्भीर (नामावलीसहित)

यस्तै शुक्रबार सुर्खेत–दैलेख सिमानामा भएको फोर्स गाडी दुर्घटना हुनुका पछाडि ‘ओभरलोड’ एउटा कारण हो ।

१५ जनाको सिट क्षमता रहेको उक्त फोर्समा ३४ जना सवार थिए । दुर्घटनामा चार जनाको मृत्यू र ३० जना घाइते भए ।

याे पनि..

सुर्खेतमा फोर्स गाडी दुर्घटना अपडेटः ४ को मृत्यू, ३० घाइते (विवरणसहित)

यी केही उदाहरण मात्रै हुन्, कर्णालीमा दैनिक यस्ता खाला दुर्घटनाहरु भइरहन्छन् । यद्यपि न्युनीकरणमा भने सरकारले खासै ध्यान दिइरहेको अवस्था छैन ।

कर्णालीका सडकहरुमा हुने सवारी दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ ? केही उपायहरुः

सडकको सुधार
पहिलो कुरा सडक सुधार नै हो । यहाँका पहाडी बाटोहरूमा मोडहरू, साँघुरा र खतरनाक स्थानहरू छन् । तीनको सुधार गरी फराकिलो र सुरक्षित बनाउनुपर्छ ।

चिन्ह र संकेतहरूको व्यवस्था
कर्णाली राजमार्ग तथा अन्य सडकहरुमा जटिल मोड, खतरनाक ढलान र तिखो घुम्तीहरू रहेका छन् । ती स्थानहरुमा स्पष्ट संकेत र दिशानिर्देश राख्नु पर्दछ ।

अनुभवी चालकहरू मात्र परिचालन गर्ने
पहाडी क्षेत्रमा गाडी चलाउने अनुभव भएका प्रशिक्षित चालकहरूलाई मात्र गाडी चलाउन अनुमति दिनुपर्छ ।

गतिको सीमा निर्धारण
पहाडी क्षेत्रमा निश्चित गति सीमा तोकी ट्राफिक नियमको कडाइका साथ पालना गराउनुपर्छ ।

रातको समयमा सावधानीपूर्वक ड्राइभिङ
अँध्यारो, कुहिरो, र वर्षा हुँदा गाडीको गति कम गरी सतर्कतापूर्वक चलाउन निर्देश गर्नुपर्छ ।

रिपोर्ट र अनुगमन प्रणाली
सवारी साधनमा GPS र अन्य अनुगमन उपकरण जडान गरी ट्राफिकको निगरानी गर्ने काम गर्नुपर्छ । र, आवश्यक परेको खण्डमा तुरुन्त कारबाही गर्ने नीति लिनुपर्छ ।

तालिम र जनचेतना
सवारी चालकहरू र यात्रुहरूलाई सुरक्षित यात्रा र पहाडी क्षेत्रमा अपनाउनुपर्ने सावधानिका विषयमा तालिम दिने र जनचेतना फैलाउने काम महत्वपुर्ण हो ।

सवारी साधनको मर्मत र जाँच
सवारी साधनको नियमित मर्मत, ब्रेक, टायर र अन्य उपकरणहरूको जाँच गर्ने, ताकि गाडीहरू सुरक्षित रूपमा सञ्चालन गर्न सकियोस् ।

आपतकालिन सेवा सुधार
दुर्घटनाको समयमा तत्काल उद्धार, स्वास्थ्य सेवा, र प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्थामा सुधार ल्याउनु पर्दछ ।

उल्लेखित विषयलाई सरकार तथा सबै निकायले गम्भीरता पुर्वक लिएर कार्यान्वयनमा लगेको खण्डमा दुर्घटना न्यूनीकरणमा केही कमी आउँछ ।

याे पनि..

३३ दिनमा कर्णालीमा १०२ वटा सवारी दुर्घटना हुँदा १९ को मृत्यू, १८४ घाइते

वीरेन्द्रनगरमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, यी हुन् २८ घाइतेहरु (विवरण)

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार